दफा ३७
हदबन्दी सम्बन्धी व्यवस्था
गुठी रैतान नम्बरी जग्गाको जग्गावाला र गुठी जग्गाका मोहीका सम्बन्धमा हदबन्दीसम्बन्धी प्रचलित नेपाल कानुनको सबै व्यवस्था लागू हुनेछ र सो प्रयोजनका लागि गुठी जग्गा र सरकारी रैकर जग्गा दुबैको हिसाब गरी हदबन्दी
कायम गर्नु पर्छ ।